सिआईबीले अनुसन्धान थालेपछि प्रियंकाले दिइन् उजुरी

सिआईबीले अनुसन्धान थालेपछि प्रियंकाले दिइन् उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री प्रियंका कार्कीमाथि सिआईबीले क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै अनुसन्धान थालेपछि उजुरी दिएकी छन् ।

नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्विर प्रयोग भएकाले अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी हुन् । केही फेसबुक पेजहरुले जानकारीबिना क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्विर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै सीआईबीमा उजुरीमा उल्लेख गरेकी छन् ।

आइतवार सीआईबीले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको तस्विर प्रयोग भएको देखेपछि उनलाई सोधपुछका लागि बोलाएको थियो । तर, उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएकी थिइन् । उनले सीआईबीकै सुझावमा फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजविरुद्ध उजुरी दिएको जनाइएको छ । उनले उजुरी दिए लगत्तै सीआईबीले अनुसन्धान सुरु गरेको छ ।

नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई नेपालमा अवैध मानेको छ । क्रिप्टोकरेन्सी एक गुप्त मुद्रा हो, जुन इन्टरनेटमार्फत भर्चुअल मुद्राका रूपमा संसारभर चल्ने गर्छ । आम मानिसले दैनिक उपभोग गर्ने जुनसुकै सामान किन्दा पनि सरकारलाई कर तिर्नुपर्छ । तर, अनलाइन बेटिङ वा क्रिप्टो कारोबारका लागि ठूलो मात्रामा पुँजी बाहिरिँदा वा भित्रिँदा त्यो करको दायरामा आउँदैन ।