नारायणी नदी सरसफाइमा महानायक राजेश हमाल

नारायणी नदी सरसफाइमा महानायक राजेश हमाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारायणी नदीको सरसफाइमा महानायक राजेश हमाल सहभागी भएका छन् । नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर हमालले फोहोरमैला संकलन गरेका थिए ।

स्थानियको सहयोमा महानायक हमालले सोमबार बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले सञ्चारकर्मीलाई बताए । पर्यावरण संरक्षणमा पनि राम्रो सन्देश जाओस् भनेर सरसफाइमा लागेको हमालले उल्लेख गरे । साथै उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्न समेत आग्रह गरेका थिए ।

हमाल भन्छन्, ‘हामी यो ठाउँमा घुम्ने समयमा प्लास्टिकका वस्तु त्यस्तो धेरै हुँदैनथे । अहिले पानी, खाजा जे खाँदा पनि प्लास्टिक प्रयोग हुने भएकाले फोहोर पनि बढेको छ ।’ राजेश हमाल सानोमा हुर्किएको ठाउँ पनि नारायणी नदी किनार हो ।