anmol jasita

‘ह्रस्व–दीर्घ’ निर्देशनबाट पछि हटिन् नीता, निर्देशकमा चन्द्र पन्त अनुबन्धित

‘ह्रस्व–दीर्घ’ निर्देशनबाट पछि हटिन् नीता, निर्देशकमा चन्द्र पन्त अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुंगानाले ‘ह्रस्व–दीर्घ’ निर्देशनबाट हात झिकेकी छन् । उनले सिनेमा निर्देशनको जिम्मेवारी द्धन्द्व निर्देशक चन्द्र पन्तलाई अनुबन्धित गरेकी छन् । सोमबार निर्माण कम्पनि र पन्तबीच लिखित सम्झौता भएको छ ।

अब सिनेमामा निता अभिनेत्री तथा निर्मात्रीको रुपमा मात्रै रहने छिन् । यो सिनेमामा उनको जोडी युवा ज्यातिष तथा शुभलभ अभिनेता हरीहर अधिकारीसँग बाँधिएको छ । निर्माण टिमका अनुसार सिनेमाको आगामी वर्षको असारपछि मात्रै फ्लोरमा जानेछ । भोजपुरी सिनेमा निर्देशन गरिसकेका पन्त पहिलो पटक नेपाली सिनेमा निर्देशनमा डेव्यु गर्दैछन् ।

निता फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन गरिनेछ । निर्माता तथा अभिनेता हरीहर अधिकारीले सिनेमा नेपाली र हिन्दीमा निर्माण हुने बताए । सिनेमाका अधिकांश मुख्य कलाकार पनि बलिउडकै रहने र नेपाली सिनेमाको बजार विस्तार गर्ने आफुहरुको उद्देश्य रहेको उनको भनाई छ ।

हरिहरले सिनेमा निर्माणमा बलिउडको ठुलो प्रोडक्सन हाउससँग सहकार्यको प्रक्रिया चलिरहेको र सिनेमालाई भारतबाट सञ्चालित प्रसिद्ध ओटिटी प्लेटफर्ममा रिलिज गर्ने तयारी समेत भैरहेको उल्लेख गरे । ७ करोड लागत अनुमान गरिएको सिनेमाको छायांकन सेड्युल ८५ दिन राखिएको छ । सिनेमामा अधिकांश बलिउड प्राविधिक रहेछन् ।