अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ ट्रेलर रिलिज

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित सिनेमा ‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर अनमोल र सुहानको प्रेमलाई केन्द्रमा राखिएको छ ।

झरना थापाद्वारा निर्देशित सिनेमाको कथा पनि झरना स्वयंमले नै लेखेकी हुन् । सिनेमामा अभिनेत्री सुहानाले नेवार समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । सिनेमामा कोको नाम गरेको कुकुरको पनि महत्वपूर्ण भूमिका देख्न सकिन्छ । सिनेमामा अभिनेता सलोन बस्नेतले भने अनमोलको साथीको भूमिका निर्वाह गरेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।