जेष्ठ ६ मा पुजा र आकाश अभिनित ‘सम्झना बिर्सना’

जेष्ठ ६ मा पुजा र आकाश अभिनित ‘सम्झना बिर्सना’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘सम्झना बिर्सना’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा ‘सम्झना बिर्सना’ आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । यसअघि २०७७ सालको जेठ २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोना महामारी कारण सिनेमा प्रदर्शन हुन सकेको थिएन् ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको सिनेमालाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधान निर्देशित सिनेमाको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको छ ।

आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको हो । सिनेमामा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ ।

निर्देशक प्रधानले आफूले युवा पुस्तालाई लक्षित गरेर सिनेमा निर्माण गरेको जानकारी दिए । यो उनको डेब्यू निर्देशित सिनेमा हो । शिशिर राणा र निमेष प्रधानले मिलेर सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् ।