बैशाख २३ मा ‘षट्कोण’ रिलिज घोषणा

बैशाख २३ मा ‘षट्कोण’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्री हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रीले बताए ।

सिनेमामा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । यो सिनेमालाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।