शुक्रबारबाट हलमा ‘हेल्लो जिन्दगी’ रिलिज

शुक्रबारबाट हलमा ‘हेल्लो जिन्दगी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट नेपाली सिनेमा ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय सिनेमा आरआरआरको दबदबाका बीच सिनेमाले सन्तोष जनक शो पाएको छ । सिनेमाले मल्टिप्लेक्समा सन्तोष जनक शो पाउँदा सिगंल स्क्रिनमा भने उल्लेख पर्दा हात पारेको छ ।

यसअघि ‘हेल्लो जिन्दगी’ चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । ‘आरआरआर’कै कारण एक हप्ता पछाडि सरेको सिनेमालाई एभरेष्ट सूर्य बोहोराले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा बनेको सिनेमालाई वास्तविक घटनाबाट प्रभावित भनिएको छ ।

निर्देशक बोहराकै लेखन रहेको सिनेमामा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारको अभिनय रहेको छ । कोभिडको समयमा नेपाल र बेलायतमा छायांकन भएको सिनेमा २ करोडको लागनीमा निर्माण भएको हो ।

अभिनेता समेत रहेका विक्रम डि जोशी सिनेमाको निर्मातामा छन् भने हिराल जोशीले निर्माणमा उनलाई साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । सिनेमाको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हन् ।