निफमा कर्मा र मेनुका अभिनित ‘महानगर’ प्रिमियर

निफमा कर्मा र मेनुका अभिनित ‘महानगर’ प्रिमियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)मा मोहन राई निर्देशित सिनेमा ‘महानगर’ प्रिमियर गरिएको छ । सिनेमा प्रिमियर पश्चात अभिनेता कर्माले गम्भीर दर्शकले ‘महानगर’लाई रुचाउने बताए । उनले सिनेमा छायांकनको अनुभव सुनाउँदै राम्रो क्राफ्ट बनेको बताए ।

सिनेमाका मुख्य कलाकार कर्मा र मेनुका प्रधान अलवा निर्माता तथा निर्देशकसहित प्रिमियरमा उपस्थित थिए । अभिनेत्री प्रधान तीन वर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन् । सडक दुर्घटनामा घाइते भएकी मेनुका त्यसयता स्वास्थ्यलाभ गरिरहेकी थिइन् ।

प्रिमियरमा बोल्दै निर्देशक राईले सिनेमालाई हलमा प्रदर्शन गर्ने तयारी भइरहेको बताए । सिनेमाको प्रदर्शन मिति चाँडै घोषणा गरिने पनि उनको भनाई छ । केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेको सिनेमालाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा निर्माता थिए ।

महामारी ओरालो लागेको र दर्शक फर्कन सुरु गरेको बेला सिनेमालाई हलमै रिलिज गर्ने तयारी भएको छ । कर्मा र मेनुकाको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा प्रस्तुत गर्छ । सानो घटनाको कारणसँगै रात बिताउन बाध्य उनीहरुको जीवनमा उक्त रातले ल्याउने परिवर्तन सिनेमाको कथा हो ।

अनोज पाण्डे, शोभिता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा र चन्द्र पाण्डेले पनि सिनेमामा अभिनय रहेको छ । निर्देशक राई स्वयंको लेखन रहेको सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन्, भने संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।