‘मन्त्र’ अभिनेत्री दीया पुन र गायक राजु लामा सगरमाथा चढ्दै

‘मन्त्र’ अभिनेत्री दीया पुन र गायक राजु लामा सगरमाथा चढ्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मन्त्र’ अभिनेत्री दीया पुन र गायक राजु लामा सगरमाथा आरोहणका लागि तयार भएका छन् । आफूहरू सगमाथा आरोहणका लागि निस्कन लागेका सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट बेस क्याम्पको यात्रा थाल्ने जानकारी दिएका छन् । अभिनेत्री दीया पुनले विश्वकै अग्ला सात हिमाल चढ्ने लक्ष्यअनुसार सगरमाथा चढ्न लागेको बताइन् ।

दीयाले एलिट एक्सपेडिसनसँग मिलेर सगरमाथा आरोहण गर्दैछिन् । निर्मल पुर्जाको कम्पनि हो एलिट एक्सपेडिसन । नेटफ्लिक्समा केही महिना अघि सार्वजनिक सिनेमा ‘१४ पिक्स’ मार्फत निर्मल विश्वभर चिनिएका थिए ।

यस्तै, मंगोलिय हार्ट ब्याण्डका मुख्य भोकलिस्ट राजु लामाले वातावरण परिवर्तनका असरबोर जनचेतना जगाउन पनि आफू हिमाल आरोहण गर्न लागेको बताए । उनले आरोहणकै दौरानमा सगरमाथाको दोस्रो आधार शिविरमा कन्सर्ट पनि गर्न लागेको जानकारी दिए । गायक लामा गितारसहित सगरमाथा आरोहण गर्दैछन् ।

अभिनेत्री दीया पुनले ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । अभिनेत्री दीया पुन र राजु लामाले फरक फरक दिनमा यात्रा गरे पनि बेस क्याम्पमा भेट्न सकिने बताए ।