‘मैले आइ लभ यु भन्नै सकिनँ’को ट्रेलर र गीत रिलिज

‘मैले आइ लभ यु भन्नै सकिनँ’को ट्रेलर र गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत २५ गतेबाट सिनेमा ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । सोमवार विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच निर्माण टिमले सिनेमाको प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत पनि सार्वजनिक गरेको छ ।

ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । गीतमा दीपक रमनको शब्द तथा संगीत छ । आकर्षक सेट खडा गरेर खिचिएको सिनेमाको गीतको भिडियोमा सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायत कलाकारले नृत्य गरेका छन् ।

गाउँमा लाग्ने मेलाको सेटअपमा खिचिएको गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको सिनेमाको असिस्टेन्ट निर्देशकमा प्रणव सुवेदी छन् । सिनेमामा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ ।

शंकर कार्की कार्यकारी निर्माता र प्रेम श्रेष्ठ निर्माता रहेको सिनेमाको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् । सिनेमाका निर्देशक बाबु जिम्बाले नेपाली भाषाको सिनेमा निर्देशनमा आफ्नो पहिलो अनुभव रहेको बताए । ‘आरआर फिल्मस्’ले सिनेमालाई वितरण गर्ने जिम्मा लिएको छ ।