एबी इन्टरनेसनलको ‘लण्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

एबी इन्टरनेसनलको ‘लण्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछानेले निर्देशन गर्ने सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । मंगलबार निर्माण टिम अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत र फ्रान्समा हुने निर्माता अजित कुमार थापाले बताए । एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई सिनेमाको छायांकन गर्दैछ । त्योमध्ये एउटा सिनेमामा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ ।

यही टिमको अर्को सिनेमामा साम्राज्ञी खेल्ने फाइनल भएको हो । सिनेमाको छायांकन असारबाट सुरु गर्ने निर्माताको तयारी छ ।सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेसनलले विदेशी सिनेमाको वितरणको काम पनि गरिरहेको छ । यो कम्पनिले हालै अक्षय कुमार अभिनित ‘बच्चन पाण्डेको नेपाल वितरण जिम्मेवारी लिएको थियो ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ र सोन मतोप्देनको अभिनय रहेको छ ।