anmol jasita

‘ए मेरो हजुर ४’ मा जि-बबको स्वर, हटाइयो दुर्गेसको दृश्य

‘ए मेरो हजुर ४’ मा जि-बबको स्वर, हटाइयो दुर्गेसको दृश्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’ को एक गीतमा जि-बब नामले परिचित र्यापर सुदीप भण्डारीले गाएका छन् । गीतमा उनकै शब्द तथा संगीत रहेको छ । यो गीतलाई केही दिनमै रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

यस्तै, अभिनेता पल शाह प्रकरणमा मुछिएपछि ‘ए मेरो हजुर ४’ बाट मोडल तथा गायक दुर्गेश थापाको दृश्य हटाइएको छ । सिनेमामा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ । निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर दुर्गेशको दृश्य हटाइएको बताए ।

झरना थापा निर्देशित सिनेमामा ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।