‘मैले आइ लभ यु भन्नै सकिनँ’ शुक्रबारबाट रिलिज

‘मैले आइ लभ यु भन्नै सकिनँ’ शुक्रबारबाट रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट नेपाली सिनेमा मैले आइ लभ यु भन्नै सकिनँ प्रदर्शनमा आएको छ । प्रचार प्रसार विनै रिलिज भएको सिनेमाले मल्टिप्लेक्स हलमा शो नै पाएन भने सिंगल स्क्रिनमा समेत न्युन शो पाएको छ ।

सिनेमामा सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायत कलाकारको अभिनय रहेको छ । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको सिनेमाको असिस्टेन्ट निर्देशकमा प्रणव सुवेदी छन् । सिनेमामा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ ।

शंकर कार्की कार्यकारी निर्माता र प्रेम श्रेष्ठ निर्माता रहेको सिनेमाको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् । सिनेमाका निर्देशक बाबु जिम्बाले नेपाली भाषाको सिनेमा निर्देशनमा आफ्नो पहिलो अनुभव रहेको बताए । ‘आरआर फिल्मस्’ले सिनेमालाई वितरण गर्ने जिम्मा लिएको छ ।