सेन्सर पास भयो बहुप्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ४’

सेन्सर पास भयो बहुप्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ४’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट रिलिज हुने बहुप्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ४’ सेन्सर पास भएको छ । सिनेमाले सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । सिनेमा सवै वर्गका दर्शकले सजिलै हेर्न मिल्न गरी सेन्सर पास भएको छ ।

झरना थापा निर्देशित सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।