प्रदीपको निर्देशनमा महजोडीको ‘महापुरुष’को निर्माण घोषणा

प्रदीपको निर्देशनमा महजोडीको ‘महापुरुष’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बरिष्ठ हास्य कलकार महजोडीको मुख्य भुमिका रहने सिनेमा ‘महापुरुष’को निर्माण घोषणा गरिएको छ । बैशाख दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई प्रदीप भट्राईले निर्देशन गर्दैछन् ।

षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । सिनेमाका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल सिनेमामा सहकार्य गरिसकेका छन् । यो उनीहरुको तेस्रो सहकार्य हो ।

निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि सिनेमा निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् । सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही सिनेमाबाट अभिनेताको रुपमा डेव्यु गर्दैछन् ।

यस्तै, निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमामा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले खिच्ने छन् ।