जि-बबले गाएको ‘ए मेरो हजुर ४’ को गीत रिलिज

जि-बबले गाएको ‘ए मेरो हजुर ४’ को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’ को गीत जी-बब नामले चिनिर्ने यापर सुदीप भण्डारीले गाएका छन् । नेपाली सिनेमाका लागि उनले पहिलो पटक गाएको गीत ‘भाग भाग’ रिलिज गरिएको छ ।

सार्वजनिक गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द तथा संगीत पनि जी-बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । गीतको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म गीत सात लाख ७५ भ्युज सहित १ नम्बर ट्रेन्डिङमा रहेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ । ‘सिनेमाको गीतको छोटो भर्सनलाई सार्वजनिक गरेका छौँ । पूरा गीत सिनेमामै मात्र हुनेछ’ निर्देशक झरना थापाले भनिन् ।

पहिलो गायनमा नै जी-बबको स्वरलाई श्रोताले रुचाएका छन् । सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । सिनेमामा हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।

सिनेमामा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।