‘सम्झना बिर्सना’को ‘परेलीमा’ रोमान्टिक पुजा र आकाश

‘सम्झना बिर्सना’को ‘परेलीमा’ रोमान्टिक पुजा र आकाश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘परेलीमा’ बोलको गीत रिलिज गरिएको हो । सिनेमा आगामी जेष्ठ ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

पुजा शर्मा र आकाश श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा अञ्जु पन्त र निमेष प्रधानको स्वर छ । गायक प्रधानकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा मुख्य कलाकारलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । ‘सम्झना बिर्सना’ले दर्शकलाई सम्झना छोड्ने विश्वास निर्माण टिमको छ ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेता श्रेष्ठले लामो समयपछि आफ्नो सिनेमा हलमा हेर्न उत्साहित रहेको बताए । सम्पूर्ण टिमले मेहनत गरेकाले सिनेमा राम्रो बनेको उनको भनाई छ । त्यस्तै, पूजाले आफू निर्मात्री पनि भएकाले बाहिरी ब्यानरको सिनेमामा काम गरिरहँदा निर्माता र निर्देशकलाई सुझाव दिने गरेको बताइन् ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको सिनेमालाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । सिनेमाको कथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको सिनेमा आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

शिशिर राणा र निमेष प्रधानले मिलेर सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको सिनेमामा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ ।