कर्मा र भोला अभिनित ‘षट्कोण’को ट्रेलर सार्वजनिक

कर्मा र भोला अभिनित ‘षट्कोण’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन डि काप्रि निर्देशित सिनेमा ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा रिलिज गरिएको साइकोलोजिक थ्रिलर सिनेमाको ट्रेलरले दर्शकमा कौतुहलता जगाउनका साथै अन्य सिनेमाभन्दा फरक देखिन्छ ।

२ मिनेट लामो सार्वजनिक ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय सिनेमा हो । सार्वजनिक टिजर र ट्रेलरबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । सिनेमा टिजर र ट्रेलर भन्दा निकै राम्रो बनेकाले दर्शकले मन पराउनेमा मिलन विश्वस्त रहेको बताउँछन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।