‘प्रेमगञ्ज’को कपिराइटस् फ्रि टिजर रिलिज

‘प्रेमगञ्ज’को कपिराइटस् फ्रि टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री बेनिशा हमाल र तेज गिरीको मुख्य भुमिका रहेको सिनेमा ‘प्रेमगञ्ज’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माण टिमले राजधानीमा शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा सिनेमाको टिजर सार्वजनिक गरेको हो ।

सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् । टिजरले सिनेमा लभस्टोरी रहेको र सिनेमाले दुई पुस्ताको प्रेमकथा भन्ने छनक दिएको छ । सार्वजनिक टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल र सम्पदा बानियाँका अलवा डेव्यु अभिनेता तेज गिरीको प्रभावशाली उपस्थिति महसुस गर्न सकिन्छ ।

टिजरमा कलाकार राइडर प्रशान्त र सिमरन खड्काले पनि स्थान पाएका छन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमालाई परिच्छेद सेनले नै लेखेका हुन् । निर्माण टिमले सिनेमाको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ ।

श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर सिनेमाको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ । सिनेमामा पबन भट्टराई, सुप्रिया खनाल, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

लमो समय नेपाली सिनेमामा स्पट व्यायका रुपमा काम गरेका राजु फुयालको प्रस्तुति रहेको सिनेमा चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको हो । सिनेमामा डेढ करोडको लगानीमा भएको निर्माण टिमले जनाएको छ ।