‘मन्त्र’को पहिलो गीत ‘घरी घरी’ रिलिज

‘मन्त्र’को पहिलो गीत ‘घरी घरी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा सौगात मल्ल र दीया पुनको प्रेम देखाइएको छ ।

हिमाली भेगमा बसोबास गर्ने यी दुईको प्रेम कथा रहेको सिनेमाको गीतमा हिमाली सुन्दरता पनि प्रस्तुत छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ । गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ ।

वैशाख १६ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण गरिएको छ । खिलबहादुर गुरुङ निर्देशित सिनेमामा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउने छन् । सिनेमामा नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको सिनेमामा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।