सौगात र दयाहाङ अभिनित ‘२ नम्बरी’ छायांकनमा

सौगात र दयाहाङ अभिनित ‘२ नम्बरी’ छायांकनमा

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामा निर्देशित सिनेमा ‘२ नम्बरी’को छायांकन शनिबारदेखि छायांकन कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छ । सिनेमाको दुई सातासम्म ल्वाङ गाउँमा सुटिङ हुने र बाँकी पोखरा आसपासमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन् ।

निर्देशक दीपेन्द्र लामा, अभिनेत्री उदेन छोदेनसहित कास्ट एन्ड क्रिउको तस्बिरलाई प्रस्तुतकर्ता नेपालीले सार्वजनिक गरेका छन् । कोरोना महामारीले प्रभावित भएको सिनेमा छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु गरिएको हो । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो ।

यद्यपि सिनेमा पहिलो सिनबाटै छायांकन भइरहेको निर्देशक लामाले बताए । सिनेमाको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र सिनेमाका अर्का कलाकार जयनन्द लामाको निधन भएकाले सिनेमाको छायांकन सुरुवातबाटै गरिएको हो ।

सिनेमामा पलको स्थानमा सौगात मल्ल, वर्षा रावत स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ । सिनेमा आउँदो कार्तिक ४ गते प्रदर्शनमा आउने निर्माता नेपालीले बताए । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि सिनेमा छायांकनमा गएको हो ।

सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् । मित्रताको कथा प्रस्तुत गर्ने सिनेमामा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ र अमलादेवी राईको लगानी छ । ‘२ नम्बरी’मा दयाहाङ राईको पनि मुख्य भुमिका रहनेछ ।