‘राष्ट्रिय चलचित्र पुरस्कार’मा दीपक र सुरक्षा उत्कृष्ट अभिनेता-अभिनेत्री

‘राष्ट्रिय चलचित्र पुरस्कार’मा दीपक र सुरक्षा उत्कृष्ट अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार, बिशेष चलचित्र तथा दीर्घ साधना सम्मानमा अभिनेता तर्फको उत्कृष्ट अवार्ड अभिनेता तथा निर्माता दीपक राज गिरीले हात पारे । भने, अभिनेत्री तर्फको अवार्ड सुरक्षा पन्तले जितिन् ।

अभिनेता तथा निर्माता गिरीले ‘छ माया छपक्कै’ र अभिनेत्री पन्तले ‘आमा’बाट अवार्ड उचालेका हुन् । यी दुवै सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरेका थिए । यस्तै, दुवै सिनेमाले समिक्षक तथा दर्शकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएका छन् ।

‘छ माया छपक्कै’लाई रंग पत्रकार तथा समिक्षक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यही सिनेमाबाट छायांकार हरी हुँमागाईले सिमाटोग्राफरको अवार्ड जितेका छन् । यस्तै आमालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले यही सिनेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन् । आमाले नै राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोउत्कृष्ट सिनेमा घोषित भएको छ ।