anmol jasita

पूजा र आकाशको ‘सम्झना बिर्सना’ ट्रेलर सार्वजनीक

पूजा र आकाशको ‘सम्झना बिर्सना’ ट्रेलर सार्वजनीक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘सम्झना बिर्सना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट ५ सेकेण्ड लामो ट्रेलरमा पुजा र आकाशको लभ, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक ट्रेलरमा अभिनेत्री छुल्ठिम गुरुङलाई आकाशको एकोहोरो प्रेममा परेको देखाइएको छ । निमेष प्रधान निर्देशीत सिनेमालाई अदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने सिनेमामा पूजा र आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ, शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् ।

दार्जिलिङ तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको सिनेमाको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिसिर राणाले सघाएका छन् । दर्शकहरुले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै सिनेमामा हेर्न नपाएको धेरै भएको छ । अधिकांश दर्शकले उनीहरुलाई सँगै भएको हेर्न चाहेका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । सिनेमाका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको सिनेमालाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।