सौगात र दीया अभिनित ‘मन्त्र’ सेन्सर पास

सौगात र दीया अभिनित ‘मन्त्र’ सेन्सर पास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘मन्त्र’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले सिनेमालाई सवै वर्गका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ ।

वैशाख १६ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण गरिएको छ । खिलबहादुर गुरुङ निर्देशित सिनेमामा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउने छन् । सिनेमामा बुद्धि तामाङ, नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको सिनेमामा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।