द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । गत आइतबार मात्रै आमाबाट राष्ट्रपतिको हातबाट उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड जितेकी अभिनेत्री पन्तसँग निर्माण टिमले शुक्रबार ‘के घर के डेरा’को मुख्य भुमिकामा औपचारिक रुपमा लिखित सम्झौता गरेको हो ।
सिनेमामा सुरक्षाको प्रवेशसँगै सिनेमामा चार जना मुख्य कलाकार भएका छन् । सिनेमामा यसअघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा फाइनल भएका थिए । सिनेमा बैशाख २२ गतेबाट छायांकनमा जानेछ । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको सिनेमालाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको जानकारी दिइयो । सिनेमा वितरणको जिम्मा जिजिए ग्रुपले लिएको छ ।


प्रतिक्रिया