भारतमा पनि रिलिज हुनेछ बेनिशा र तेजको ‘प्रेमगञ्ज’

भारतमा पनि रिलिज हुनेछ बेनिशा र तेजको ‘प्रेमगञ्ज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेनिशा हमाल र तेज गिरी अभिनित सिनेमा ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार नेपाल रिलिजकै दिन ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० भन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला शहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । भारतमा ‘प्रेमगन्ज’ अंग्रेजी सबटाइटल सहित नेपाली भाषामै प्रदर्शन हुनेछ । सिनेमालाई भारतमा ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेका हुन् ।

सिनेमा राम्रो बनेको र ईन्डियामा पनि नेपाली सिनेमाको बजारको सम्भावना ठूलो रहेको र सिनेमाले राम्रो कमाई गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । सिनेमालाई छिमेकी मुलुक भारतको ठुलो बजारसम्म लैजानका लागि कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन ।

परिच्छेद सेनको निर्देशनमा बनेको सिनेमामा बेनिशा र तेजका अलवा सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । राजु फुँयालको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ हुन् ।