दीयाले गरिन् सगरमाथा बेस क्याम्पबाट ‘मन्त्र’को प्रचार

दीयाले गरिन् सगरमाथा बेस क्याम्पबाट ‘मन्त्र’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन् ।

 

दीयाले सगरमाथा बेस क्याम्पबाट सिनेमाको पोस्टर र नेपालको रास्ट्रीय झन्डा सहितको ब्यानर बोकेर प्रचार-प्रसार गरि रहेकी छन् । अभिनेत्री सगरमाथा आरोहण प्रस्थान गर्नु अघि निर्माण टिमले उनलाई एक कार्यक्रम गर्दै स्वागत गरेको थियो । उनि हाल एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा पुगेकी छन् ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको सिनेमाका निर्देशक खिल बहादुर गुरुङ हुन् । हिमाली भेगको सुन्दर दृश्य कैद गरिएको सिनेमा एउटा अर्गानिक नेपाली सिनेमा रहेको निर्माण टिमले जनाएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको सिनेमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ ।

मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको सिनेमाका दृश्यले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । सिनेमामा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि अभिनय रहेको छ । परिक्षेद सेनको कथा रहेको सिनेमामा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि गुरुङको सम्पादन छ ।