अनुप र आनाको मुख्य भुमिका ‘मायाको माया’ शुभमुहूर्त

अनुप र आनाको मुख्य भुमिका ‘मायाको माया’ शुभमुहूर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहने सिनेमा ‘मायाको माया’को शुभसाइत गरिएको छ । मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा सिनेमाको मुहूर्त गरिएको हो ।

मुहूर्तमा सिनेमाका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । रोहितकरण वैद्यको निर्देशन रहने फ्यामिली ड्रामामा आना र अनुपले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको हो । पहिलोपटक यी दुई कलाकारले ठूलो पर्दामा सहकार्य गर्न लागेका हुन् ।

प्रोडक्सन प्रमुख दिनेशप्रकाश महराका अनुसार सिनेमालाई चाँडै सुटिङमा लैजाने तयारी छ । प्रकाश हमाल सिनेमाका प्रोडक्सन म्यानेजर हुन् । आना अभिनित ‘द म्यान फ्रम काठमाण्डु’ कोरोना महामारी अगाडी रिलिज भएको थियो भने अनुप अभिनित ‘लप्पन छप्पन २’ हालै प्रदर्शनमा आएको थियो ।