‘कबड्डी ४’ ट्रेलर : मास्टर्नी बिहे गर्न काजी र बमकाजीबीच हानथाप

‘कबड्डी ४’ ट्रेलर : मास्टर्नी बिहे गर्न काजी र बमकाजीबीच हानथाप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुप्रतिक्षित सिनेमा कबड्डी : द फाइनल म्याचको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ४ मिनेट २८ सेकेण्ड लामो सार्वजनिक ट्रेलर सिनेमाका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बरालको वरिपरी घुमेको छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

सिनेमा आगामी जेष्ठ १३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सुष्मा प्रोडक्सन ग्लोबलको युट्युब च्यानलबाट सिनेमाको ट्रेलर रिलिज गरिएको हो । ‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।