शुक्रबारबाट प्रदर्शनमा आयो सौगात र दीया अभिनित ‘मन्त्र’

शुक्रबारबाट प्रदर्शनमा आयो सौगात र दीया अभिनित ‘मन्त्र’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट सौगात मल्ल, दीया पुन र बुद्धि तामाङको मुख्य भुमिका रहेको सिनेमा ‘मन्त्र’ नेपालभरका सिनेमा घरमा रिलिज भएको छ । बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

 

सिनेमालाई प्रिमियरमा गार्खाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत हेरेका थिए । सिनेमा हेरेका अधिकांशले सिनेमा मन पराएकाले पनि दर्शकको साथ पाउने विश्वास निर्माण टिमलाई र औषत प्रचार प्रसारका बीच रिलिज भएको सिनेमा मल्टिप्लेक्समा सोचे अनुसार शो नपाएपनि सिंगल स्क्रिनमा भने राम्रो हल आफ्नो पोल्टामा पारेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको सिनेमाका निर्देशक खिल बहादुर गुरुङ हुन् । हिमाली भेगको सुन्दर दृश्य कैद गरिएको सिनेमा एउटा अर्गानिक नेपाली सिनेमा रहेको निर्माण टिमले जनाएको छ । सिनेमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हन् । सिनेमामा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि अभिनय रहेको छ । परिक्षेद सेनको कथा रहेको सिनेमामा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि गुरुङको सम्पादन छ ।

इस्ता आजै शुक्रबारबाट अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित सिनेमा ‘ए मेरो हजुर ४’ तेस्रो सातामा प्रवेश गरेको छ । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको सिनेमाले तेस्रो हप्तामा पनि दर्शबबाट राम्रो साथ पाउने अपेक्षा निर्माता सुनिल कुमार थापाको छ । सिनेमाले तेस्रो सातामा पनि मल्टिप्लेक्स हलमा सन्तोष जनक शो र सिंगल स्क्रिन धेरै हलमा आफ्नो स्थान कायम राख्न सफल छ । सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् ।