मर्डर मिस्ट्री ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

मर्डर मिस्ट्री ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् बैशाख २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।

बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज बिशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेञ्ज बिशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता कार्मलाई एक मर्डर मिस्ट्रीको अनुसन्धानको क्रममा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । सिनेमाका निर्देशक मिलन डि काप्रि हुन् । ‘षट्कोण’ उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएकाले दर्शकबाट राम्रो साथ पाउने विश्वास निर्माणको छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।