शुक्रबारबाट हलमा ‘षट्कोण र लक्का जवान’ रिलिज

शुक्रबारबाट हलमा ‘षट्कोण र लक्का जवान’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दुई नेपाली सिनेमा ‘षट्कोण र लक्का जवान’ प्रदर्शनमा आएका छन् । तर, नेपाली हलमा शुक्रबार नै प्रदर्शनमा आएको हलिउड सिनेमा ‘डक्टर स्ट्रेन्ज २’ले दवदवा कायम गरेको छ ।

सिंगल स्क्रिनमा दुई नेपाली सिनेमाले पर्दा बाँड्दा मल्टिप्लेक्समा भने हलिउड सिनेमा ‘डक्टर स्ट्रेन्ज २’ले एक छत्र कब्जा जमाएको छ भन्दा परक पर्दैन् । नेपाली सिनेमा सिमित शोमा खुम्चिदा हलिउडले दवदवा बनाएको हो । नेपाली सिनेमा ‘षट्कोण’ले औषत प्रचार गरेपनि ‘लक्का जवान’ भने न्युन प्रचारका बीच हलमा लागेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको ‘षट्कोण’ मिलन डि काप्रिले निदेशन गरेका हुन् । ‘षट्कोण’ उनको डेव्यु निर्देशकिय सिनेमा हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा कोरोना महामारी अगाडी नै निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले रिलिज गरिएको हो । दर्शकबाट राम्रो साथ पाउने विश्वास निर्माणको छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

शुत्रबारबाट नै प्रदर्शनमा आएको अर्को सिनेमा लक्का जवानलाई हास्यकलाकार शिवहरी पौड्यालले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमा निकै राम्रो बनेकाले दर्शकको साथ पाउने विश्वास निर्देशक पौड्याललाई छ ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद र निर्देशक पौडेल स्वयंको छ । अन्सुया श्रेष्ठ निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । सिनेमाको सह(निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सिनेमाका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।