‘हनी बनी’को मुख्य भुमिकामा जसिता गुरुङ अनुबन्धित

‘हनी बनी’को मुख्य भुमिकामा जसिता गुरुङ अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । बिहीबार लन्डन उडेका निर्देशक दिवाकर भट्टराईले लन्डन पुगे लगत्तै जसितालाई साइन गरेका हुन् ।

‘आइ एम ट्वान्टी वान’को सुटिङ सकाएर लन्डन फर्किएकी जसिता भुमिका सुहाउँदो भएकोले लिएको निर्देशक दिवाकर भट्टराईले बताए । ‘रोमान्टिक विधाको सिनेमामा जसिता सुहाउने देखेर नै नेपाल छँदै कुरा भएको थियो । कथा र चरित्र मन परेपछि शनिबार उनी सिनेमामा आबद्ध भएकी हुन्,’ निर्माता अजित कुमार थापाले भने ।

हनी बनीमा अभिनेत्री सारा सिरपाइली फाइनल थिइन् । तर लन्डन ओभर स्टेको कारण देखाउँदै बेलायती दूतावासले उनको भिसा निवेदन स्वीकृत नगरेपछि निर्माण टिम विकल्प खोज्न बाध्य भएको थियो । यही क्रममा निर्माण टिमले लन्डनमा बसिरहेकी जसितालाई सिनेमा अफर गरेको थियो ।

निर्माण टिमले सिनेमाका लागि मुख्य अभिनेता पनि फाइनल गरिसकेको र केहीदिनमा सार्वजनिक गरिने जानकारी दिएको छ । छायांकनको लागि बेलायत उड्ने समयमा अभिनेता अनमोल केसीले सिनेमा छाडेपछि निर्माण टिम अभिनेताको विकल्प खोजेको हो ।