‘मायाको माया’मा महानायक हमाल अनुबन्धित

‘मायाको माया’मा महानायक हमाल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाल नयाँ सिनेमा ‘मायाको माया’मा अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भुमिकामा यसअघि नै अनुपविक्रम शाही र आना शर्मा फाइनल भएका थिए । सिनेमामा महानायक हमाल दुई दिनअघि मात्रै अनुबन्धित भएको निर्माण कम्पनिले जनाएको छ ।

रोहित करण वैद्यको निर्देशन रहने सिनेमाको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । सिनेमाका अनुपविक्रम शाहीले इन्स्टा स्टोरीमा शुभमुहूर्त गरेको फोटो राख्दै ‘मायाको माया’मा काम गर्न लागेको जानकारी गराएका थिए । सिनेमाको स्थानिय तहको चुनापछि छायांकन गरिनेछ ।

म्हानायक हमालले यसअघि शंकर कार्कीको निर्देशनमा निर्माण हुने सिनेमा सत्यम्बाट कमव्याकको तयारीमा थिए । विभिन्न कारणले सिनेमा अहिलेसम्म पनि छायांकनमा जान सकेको छैन् । जसकारण महानायक हमाले र अनुपले यो सिनेमामा काम गर्ने निर्णय गरेका हुन् ।