छायांकन अगावै ‘सत्यम्’को लिरिकल गीत रिलिज

छायांकन अगावै ‘सत्यम्’को लिरिकल गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घोषणा भएको लामो समयसम्म पनि छायांकनमा जान नसकेको सिनेमा ‘सत्यम्’ निर्माण टिमले सिनेमाको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ ।

गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश हमाललाई मात्रै फिचर्ड गराइएको अन्य कलाकारलाई स्थान दिइएको छैन । सिनेमाका मुख्य अभिनेतामध्येका एक पल शाह बलात्कार अभियोगमा जेल गएपछि ‘सत्यम्’ छायांकनमा जान सकेको छैन ।

निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म सिनेमाको छायांकन प्रारम्भ गर्न कठिन रहेको बताए । उनले बजारमा चलेको हल्ला अनुसार सिनेमा निर्माणबाट पछि नहटेको समेत स्पष्ट पारे ।

निर्माता सापकोटाले सिनेमाको गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने बताए । प्रि-प्रोडक्सनको सम्पूर्ण काम सकेको सिनेमामा महानायक राजेश हमालका अलवा पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने छ ।