‘हनी बनी’मा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित

‘हनी बनी’मा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘हनी बनी’को मुख्य भुमिकामा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित भएका छन् । अनमोलले सिनेमाबाट हात झिकेपछि उनको ठाउँमा अभिमन्यु अनुबन्धित भएका हुन् ।

निर्देशक दिवाकर भट्टराईले अभिमन्यूलाई अनुबन्ध गरिएको पुष्टि गरेका छन् । अभिमन्यूलाई अनुबन्ध गरेसँगै सिनेमाको वर्कसप सुरु गरिएको निर्माता अजित कुमार थापाले जानकारी दिए । सिनेमाको छायांकनका लागि सलोन लगायतका कलाकार सोमबार लन्डन प्रस्थान गरेका थिए ।

बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले ‘लैजा मजनु’ नामक सिनेमाबाट बलिउड र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ लगायतका थुप्रै भिडियोमा मोडलिङ गरेका छन् । अभिमन्यूकी हजुरआमा नेपाली भएको र उनलाई नेपालीको धेरथोर ज्ञान भएकाले पनि सिनेमामा लिएको निर्माण टिमले जनाएको छ ।

निर्देशक भट्टराईले सिनेमाको छायांकन सोमबारबाट गरिने बताए । सिनेमाको मुख्य अभिनेत्रीमा निर्माण टिमले यसअघि नै जसिता गुरुङलाई लन्डनमा अनुबन्ध गरेको थियो । सारा सिपाइलीको बेलायतको भिसा नआएपछि जसिता सिनेमामा अनुबन्धित भएकी थिइन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्ने छन् ।