बेलायतमा शुभ मुहूर्त गर्दै ‘हनीबनी’को छायांकन सुरु

बेलायतमा शुभ मुहूर्त गर्दै ‘हनीबनी’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हनीबनी’को छायांकन बेलायतमा सुरु भएको छ । नेपाली बाक्लो बसोबास क्षेत्र रिडिङमा मुहूर्तसँगै छायांकन थालिएको निर्माण टिमले जानकारी दिएको हो ।

छायांकन सेटबाट सार्वजनिक तस्बिरमा अभिनेत्री जसिता गुरुङ, सलोन बस्नेत, अर्जुन श्रेष्ठ, सूर्यमाला खनाललाई देख्न सकिन्छ । नेपाली सिनेमामा डेव्यु गर्न लागेका बलिउड अभिनेता अभिमन्यू तोमार लन्डनमै रहेतापनि सुटिङको पहिलो दिन सेटमा देखिएनन् ।

निर्देशक भट्टराईले आफ्नो भागको सुटिङ नभएकाले अभिनेता तोमार सेटमा नदेखिएको बताए । ३५ दिनसम्म लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा सिनेमा छायांकन हुनेछ । सिनेमाको छायांकन पुरुषोत्तम प्रधानले गर्दैछन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम र सनिस खकुरेल छन्, भने सिनेमामा अजित सिंह सह-निर्माताको रुपमा रहनेछन् ।