anmol jasita

‘पासो’ ट्रेलर रिलिज, निरीह र रुद्र रुपमा रिस्ता

‘पासो’ ट्रेलर रिलिज, निरीह र रुद्र रुपमा रिस्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रिस्ता बस्नेतको मुख्य भुमिका रहेको सिनेमा ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘पासो’को सार्वजनिक ट्रेलरमा बक्साभित्र थुनिएकी यूवती रीस्ताको कथा भनिएको छ । बक्साबाट बाहिर निस्कन उनले गरेको प्रयास र गुहार मनछुने छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा दुई मिल्ने साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामाथि फिल्म आधारित छ । ट्रेलरमा रीस्ता बस्नेतको भिन्न अवतारले सिनेमाप्रति दर्शकको कौतुहलतामा निर्माण टिम आशावादी छ ।

आगामी कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पासो’मा रिस्ताले चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी छन् । शनिवार सार्वजनिक १ मिनेट ३० सेकेण्डको ट्रेलरमा उनको निरीह र रुद्र रुप देख्न सकिन्छ । ट्रेलरमा उनको एक्सन अवतारले दर्शकको ध्यान खिच्छ ।

सिनेमामा रीस्ताका अलावा सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । सिनेमामा आरबी पुनको निर्देशन, कथा, पटकथा तथा संवाद, सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन र सुरेज बस्येलको कोरियोग्राफी रहेको छ ।

बिआर इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा भगवान भूजेल निर्माता र राजकुमार राउत कार्यकारी निर्माताको रुपमा छन् ।