anmol jasita

मानवीय समवेदनाको कथा ‘चिसो मान्छे’ ट्रेलर रिलिज

मानवीय समवेदनाको कथा ‘चिसो मान्छे’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले मानवीय समवेदनाको कथा प्रस्तुत गरेको छ ।

३ मिनेट १६ सेकेण्ड लामो ट्रेलरमा सिनेमा मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई सुदुरपश्चिमेली लुक्समा देख्न सकिन्छ । उनको ड्रेसअप र बोल्ने लवजले सुपुरपश्चिमको चिनारी दिन्छ । जसलाई दर्शकलाई अपनत्व महशुस गाराउन निर्देशक खनाल सफल भएका छन् ।

वैदेशिक रोजगारीमा गएका श्रीमान गुमाएकी बिकट क्षेत्रकी महिलाले कसरी चाहना र सपनाको उडान भर्छिन भन्ने संघर्ष ट्रेलरले देखाएको छ । सिनेमाको ट्रेलर अभिनेत्री स्वस्तिमा खड्का, देशभक्त खनाल र अर्पण थापा वरिपरि घुम्छ । सुदुर पहाडी क्षेत्रकी युवतीको भूमिकामा स्वस्तिमाले आफुलाई डुबाएकी छन् ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमाकी निर्माता शर्मिला पाण्डे हुन् । निर्देशक खनालले खिचेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंमले लेखेका हुन् । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भएर काठमाडौंका मेयरका उम्मेदवार बालेन शाह र चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले सफलताको शुभकामना दिए ।