‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’मा बेनिशाको नृत्य

‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’मा बेनिशाको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘प्रेमगञ्ज’मा समावेश ‘तरबार’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमाल, सन्जोग रसाइली र तेज गिरीलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमालको आकर्षक नृत्य गरेकी छन् । राजु फुयाँलको प्रस्तुतिमा तयार भएको सिनेमाको ‘तरबार’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रचना, किरण भुषालको संगीत र दिक्षा थापा र सुरजशाही ठकुरीको स्वर छ । गीतको भिडियोमा संजय लामाको छायांकन र द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

सार्वजनिक आइटम गीतको भिडियो उत्कृष्ट बनेको छ । बेनिशाले नृत्यलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, धु्रव राज घिमिरेको लगानी छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा बेनिशा हमाल, तेज गिरी, सम्पदा बाँनिया, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, सुरक्षा पन्त, पवन भट्टराई, संजोग रसाइली लगायतका कलाकारको मुख्य भूमिका छ । अर्जुन जीसीको सम्पादन रहेको सिनेमाको गीतले दर्शकमाझ उत्साह बढाउने विश्वास निर्माण टिमलाई छ ।