anmol jasita

कार्म अभिनित ‘अभिन्न’ पोस्टर तथा ट्रेलर रिलिज

कार्म अभिनित ‘अभिन्न’ पोस्टर तथा ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,  काटमाडौं – कार्म अभिनित सिनेमा ‘अभिन्न’को पोस्टर सार्वजनिक गरे लगत्तै निर्माण टिमले ट्रेलर पनि सार्वजनिक गरेको छ ।

दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको सिनेमा २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लंगडाको साथी’ मा आधारित छ । फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ ।

अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ । सिनेमालाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन सकिएको सिनेमा हाल पोस्ट प्रोडक्सनमा रहेको र यसलाई फिल्म फेस्टिभलमा पठाउने तयारी भइरहेको जानकारी निर्माण टिमले दिएको छ ।

वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको सिनेमालाई विभाकर शाक्यले निर्माण गरेका हुन् । दार्जिलिङकै परिवेशमा छायांकन गरिएको सिनेमामा रञ्जित गजमेरको संगीत रहेको छ । उनी लामो समयपछि नेपाली सिनेमाको पाश्र्व संगीतमा फर्किएका हुन् ।