असार २४ मा अनुप बराल निर्देशित ‘दोख’ रिलिज घोषणा

असार २४ मा अनुप बराल निर्देशित ‘दोख’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – अनुप बराल निर्देशित सिनेमा ‘दोख’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अगामी असार २४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेले द्वन्द्वकालिन समयको कथालाई उठान गरेको पोस्टरले बुझाउँछ । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको सिनेमाको ‘रातैले बुन्छ’ गीतले ठूलो चर्चा र प्रशंसा बटुलेको थियो । सिनेमामा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायतका कलाकारको अभिनय रहेको छ ।

शैलेन्द्र डी कार्कीले छायांकन गरेको सिनेमामा राजन कठैतको कथा तथा पटकथा छ । गाउँमा हुने फुटबल खेलसँग जोडिएर पावर, पोलिटिक्स र रिभेन्जको अनौठो तानाबुना सिनेमामा बुनिएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले हुन् ।

भोजपुरको सुन्तले र बाघखोर वरपर खिचिएको ‘दोख’को वितरण काठमाडौंमा जिजिए ग्रुप र काठमाडौँबाहिर एफडी कम्पनीले गर्नेछन् ।