आँचल र विवेकको ‘वर एन्ड वधु’ औपचारिक निर्माण घोषणा

आँचल र विवेकको ‘वर एन्ड वधु’ औपचारिक निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – मिलन चाम्सले निर्देशन निर्माण हुने सिनेमा ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’को परिचय गराइयो ।

लभस्टोरी कथामा निर्माण हुने सिनेमामा अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिएको छ । जेठ अन्तिमबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमामा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको पनि अभिनय रहनेछ । सिनेमामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिशेष भुमिकामा हुनेछिन् ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको सिनेमामा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ ।

रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कार्यक्रममा निर्देशक चाम्सले आफूले यसअघि निर्देशन गरेका सिनेमाभन्दा ‘वर एन्ड वधु’ फरक हुने दाबी गरे । विगत चार वर्ष अगाडिदेखि आँचल शर्मासँग सिनेमामा सहकार्य गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुशी व्यक्त गरेका छन् ।

त्यस्तै, आँचलले निर्देशक चाम्ससँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै सिनेमामा दर्शकले आफूलाई अलग रुपमा देख्न पाउने बताइन् । यही सिनेमाका लागि अभिनेत्री शर्माले १० केजी तौल घटाएकी छन् । सिनेमाको चरित्रमा फिट हुनका लागि आफूले शरीरलाई फिट बनाएको बताइन् ।

आँचलको जोडीको रुपमा नेपाली सिनेमामा डेव्यु गर्न लागेका विवेकले पनि सिनेमाका लागि २ वर्षदेखि मेहेनत गरिरहेका छन् । अभिनेता सरोज खनालबाट अभिनय सिकेका उनले आँचलसँग सिनेमामा काम गर्नका लागि आफू उत्साहित रहेको बताए ।