द सिनेमा टाइम्स, काटमाडौं – नेपालमा बम्पर ब्यापार गर्ने संकेत देखाएको रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४’ बिदेशमा पनि धेरै देशमा रिलिज हुँदैछ । सिनेमाको सवैभन्दा पहिले जापानबाट प्रदर्शन थालिने भएको छ । यस पटक सिनेमा जापानका विभिन्न १४ ओटा शहरमा रिलिज हुने भएको छ ।
जापानमा पहिलो पटक नेपाली सिनेमा ‘कबड्डी ४’ यती धेरै ठाउँमा रिलिज हुन लगेको हो । जापानका लागि प्रदर्शन अधिकार लिएका सुभास लामिछानेका अनुसार सिनेमा प्रदर्शनका लागि जापानका अझै धेरै ठाउँबाट कुरा आइरहेको बताउँछन् । जापानमा सिनेमाको जुन ३ मा कोबे भन्ने शहरमा पहिलो प्रदर्शन हुँदैछ भने जुन ४ मा फुकोवाकामा दोस्रो शो गरिनेछ ।
यस्तै जुन ५ मा भने टोक्यो, किता केउसु, नागोया, फुस्सा, सिजुवका र तोछिगी शहरमा प्रदर्शन हुने पक्का भैसकेको छ । यता जुन ६ मा ओसाका, जुन ७ मा योकैछी, जुन १९ मा गुम्बा, जुन २५ मा चिबा, जुन १० मा तोसु र जुन १२ मा ओइता भन्ने ठाउमा प्रदर्सन हुने जानकारी सुवास लामिछानेले दिएका छन् ।
कोरोना महामारीका कारण जापानमा कुनै पनि नेपाली कार्यक्रम हुन सकेका थिएनन् । जसले गर्दा करिब ३ वर्ष पछि हुन लागेको कबड्डी ४ को प्रदर्शनले नेपाली सिनेमाको जापान प्रदर्शनको ढोका खुलेको आयोजक संस्थाको दाबी छ ।



प्रतिक्रिया