देशभर ‘कबड्डी ४’ हेर्न उर्लिए दर्शक, रेकर्ड ब्रेक ओपनिङ

देशभर ‘कबड्डी ४’ हेर्न उर्लिए दर्शक, रेकर्ड ब्रेक ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ले रेकर्ड ब्रेक कमाई गर्ने देखिएको छ । रिलिज दिनेदेखि नै आक्रमक सुरुवात गरेको सिनेमा हेर्न शनिबार दर्शक अर्लिएका छन् । सिनेमाले पहिलो दिन बक्सअफिसमा नेपालभरका सिनेमा हलबाट अनुमानित ३ करोड ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाही बताएका छन् ।

शनिबार बिहान राजधानीको बिग मुभिज, अष्टनारायण र आइएनआइ सिनेमा पुग्दा दर्शक हल भरिभराउ देखिए भने केही दर्शक टिकट नपाएर घर फिर्केको दृश्य पनि देख्न पाइयो । कलाकार र निर्माण टिमसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा दर्शक निकै उत्साहित थिए । सिनेमाले काठमाडौंमा मात्रै नभई मोफसलमा पनि बम्पर व्यापर गरेको छ ।

अभिनेता दयाहाङ मोफसलमा विहान साढे ५ बजेको शोसमेत हाउसफुल हुँदा आफुलाई आगामी दिनमा राम्रो कथा र ब्यानरमा काम गर्न सोच्नु पर्ने चुनौती थपिदिएको बताए । हामी माथि दर्शकले गरेको विश्वास मर्न दिन नहुने भएकाले अब आफुले सिनेमा सेलेक्सनमा सोच्न बाध्य बनाउनुका साथै दर्शकको यो मायाले भावुक बनाएको अभिनेता राईको भनाई छ ।

निर्देक रामबाबु गुरुङ नेपालमै सर्वाधि ओपनिङ गर्ने सिनेमाको रुपमा ‘कबड्डी ४’ बनाई दिएपछि आगामी प्रोजेक्ट अझ उत्कृष्ट बनाउने जिम्मेवारी थपिएको भन्दै अब कस्तो सिनेमा निर्माण गर्ने भनेर सोच्नु पर्ने अवस्थामा पुगरेका बताउँछन् । यद्यपी उनले सौगात मल्ललाई लिएर मास्टर बमकाजीमा भेट्ने बाचा दर्शकसँग ‘कबड्डी ४’को अन्तिममा गरेका छन् । सिनेमाको आधिकारिक कलेक्सन रिपोर्ट आइतबार साँझ सार्वजनिक गर्ने तयारी उनको छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।