प्रदीप र दीया अभिनित ‘प्रकाश’ टिजर सार्वजनिक

प्रदीप र दीया अभिनित ‘प्रकाश’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – सिनेमा ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता प्रदिप खड्का र अभिनेत्री दिया मास्केलाई फिचर्ड छन् । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप र दिया शशक्त भुमिकामा देखिएका छन् ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमाले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको सिनेमाको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।

टिजरको पृष्ठभुमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने सिनेमाको यसअघि फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो । पोष्टर सार्वजनिक भएसँगै ‘प्रकाश’ले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको थियो ।

जुम्लामा छायाँकन भएको सिनेमाले त्यहाँको परिवेशलाई टिपेको छ । सिनेमामा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।