फ्राईडे रिलिज : हलमा दोस्रो सातामा पनि ‘कबड्डी ४’ कै दबदबा

फ्राईडे रिलिज : हलमा दोस्रो सातामा पनि ‘कबड्डी ४’ कै दबदबा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ले बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको छ । आज शुक्रबारबाट सिनेमा दोस्रो सातामा प्रवेश गरेको छ । सिनेमाले दोस्रो सातामा पनि मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो पाएको छ ।

बलिउड र हलिउडका ४ नयाँ सिनेमा प्रदर्शनमा आउँदा पनि ‘कबड्डी ४’ले उच्च शो पाउनुले सिनेमा राम्रो बनाएको खण्डमा दर्शकको अभाव झेल्नु पर्दैन् भन्ने पुष्टी भएको छ । दोस्रो सातामा समेत देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा कबड्डी कै दबदबा देखिने बितरक गोविन्द शाहीले बताए ।

सिनेमा रिलिज भैरहँदा आइतबार भएको अभिनेत्री मिरुना मगरमाथि भएको दुव्र्यवहारको घटनाले सिनेमाको व्यापारमा असर गर्ने आँकलन गरिएपनि त्यस्तो देखिन् । बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्मातामा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल छन् ।