असार ३१ मा पुजा र आकाशको ‘सम्झना बिर्सना’

असार ३१ मा पुजा र आकाशको ‘सम्झना बिर्सना’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित सिनेमा ‘सम्झना बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको सिनेमा स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने सिनेमा ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको सिनेमाको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको सिनेमामा पूजा, आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणाको अभिनय छ ।

निर्देशक निमेषकै कथा, पटकथा रहेको सिनेमाको सम्वाद लेखनमा अभिनेता राणाले सघाएका छन् । शिब ढकालले खिचेको सिनेमाका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमाको क्रिएटिभ हेड स्वर्गिय बिशारद बस्नेत हुन् ।

दार्जिलिङ, सिल्गुढी र सिक्कीमका रमणीय स्थानमा खिचिएको सिनेमा आरआर फिल्मस्ले बितरण गर्दैछ । भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत रहेको बताइने सिनेमाकोे नयाँ गीत केही दिनमै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।