माओवादी जनयुद्धको परिदृश्य ‘दोख’ टिजर रिलिज

माओवादी जनयुद्धको परिदृश्य ‘दोख’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनुप बराल निर्देशित सिनेमा ‘दोख’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४८ सेकेन्डको टिजरमा माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई सिनेमामा देखाइएको निर्देशक बरालले बताए । यो सिनेमा निर्माणको ७ वर्षपछि सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

राजन कठेत लिखित सिनेमामा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।

असोर २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई छन् । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको सिनेमाको ‘रातैले बुन्छ’ गीतले ठूलो प्रशंसा बटुलेको थियो । सिनेमालाई जिजिए ग्रुप र डिसीएनले काठमाडौंभित्र र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।