सरोज खनाल निर्देशित ‘बगान’को इन्ट्रो टिजर र गीत रिलिज

सरोज खनाल निर्देशित ‘बगान’को इन्ट्रो टिजर र गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सरोज खनालले ‘बगान’बाट सिनेमा निर्देशनमा डेब्यू गरेका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित विकास बोर्डको हलमा सिनेमाको औपचारिक निर्माण घोषणा गर्दै ‘इन्ट्रो टिजर’ र गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । सिनेमामा सरोज खनालका अलवा नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, डेव्यु अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ ।

सार्वजनिक ‘तिम्रो सुन्दर आँखा बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना तथा सुभाष भुषालको संगीत, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । रोमान्टिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रमिला कार्कीलाई फिचर्ड गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए ।

निर्देशक खनालले आफ्नो जीवनकालमा सिनेमामा अभिनय गर्दा सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताएका छन् । उनले आफूले निर्देशन गरेको सिनेमाले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । सिनेमाले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि सिनेमा बन्छ भनेर गर्व गर्न लायक सिनेमा निर्माण गरेको छु । हामीले सिनेमा मार्फत् समाजलाई सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ । बगानमा मैले त्यही कोशिश गरेको छु ।

सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती निर्माण भएको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर छन् । नेपालअघि नेपालीको बसोबास रहने विदेशका विभिन्न देशहरुमा सिनेमा प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।